उर्जामन्त्री खड्काको विरोध गरेपछि दुधकोशी आयोजनाका प्रमुखलाई हटाउन मन्त्रालयको ताकेता

लोकपथ
945
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई हटाउन ताकेता गरेको छ ।

दुधकोशी आयोजनाका सीईओ गुरुङले सामाजिक सञ्जालमा उर्जा जलस्रोतमन्त्री तथा सिंचाइमन्त्री दिपक खड्काको आलोचना गरेका थिए । सोही आधारमा मन्त्रालयले गुरुङलाई हटाउन विद्युत प्राधिकरणलाई पत्र लेखेको हो ।
यसअघि नै उनलाई हटाउन मन्त्रालयले ताकेता गरेको थियो । तर प्राधिकरणले नहटाएको भन्दै गत फागुन ९ गते पुनः उनलाई जिम्मेवारीबाट हटाउन पत्र पठाइएको हो ।

‘तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?