काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैले स्वतन्त्रतापूर्वक आफ्नो धारणा राख्न पाउनु ने गणतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहको हालै आएको अभिव्यक्तिप्रति लक्षित गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले राजाको प्रत्यक्ष शासन रहेका बेला आफूहरु बोलेकै आधारमा राजद्रोहको मुद्दा खेप्न बाध्य भएको स्मरण गरे । तर गणतन्त्रमा पूर्व राजाले समेत नागरिकको हैसियतमा आफ्नो धारणा राख्न पाएको बताए ।
‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ,’ उनले भनेका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै ज्ञानेन्द्रले राष्ट्र हितका लागि आफूलाई साथ दिन आग्रह गरेका थिए ।
त्यस्तै पार्टीमा मौलाउँदै गइरहेको गुटबन्दीको विरुद्ध निर्मम भएर लाग्नुपर्ने बताए । साथै समग्र पार्टी गुटउपगुट नबनाइ जनताको सर्वोपरी हितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिए ।
‘यसर्थ पार्टीका नेता तथा कार्यकर्ताले गुट उपगुट नबनाई जनताको सर्वोपरी हितकालागि क्रियाशील हुनुपर्छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया