ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने– ‘नेपाल अमेरिका भन्दा राम्रो छ’

लोकपथ
8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले नेपालमा दिँदै आएको सहयोग रोकेकोप्रति प्रतिक्रिया जनाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै नेपाल अमेरिका भन्दा राम्रो रहेको ट्रम्पले बुझाइदिएको बताएका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल गरिब यस कारण छ कि यहाँका नागरिकहरू बाहिरिएका छन्, तर अमेरिका गरिब यस कारण छ कि तपाईंका नागरिकहरुले तपाईंको देश बनाउन सक्दैनन् ।’

त्यस्तै उनले अमेरिकाले दिँदै आएको डिभी चिठ्ठा समेत रोक्न आग्रह गरेका छन् । साथै आफूहरुले आफ्नो सम्पत्तिका रुपमा रहेका युवा जनशक्ति फिर्ता ल्याउने समेत बताएका छन् ।

बालेनले अन्य देशका नागरिकलाई अमेरिका जान रोक्न आग्रह गर्दै विश्वलाई आफ्नै ढंगले अघि बढ्न समय दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?