अमेरिकी राष्ट्रपतिको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्यो : ज्ञानेन्द्र शाही

भ्रष्ट नेताहरूकै कारण देशको अर्थ व्यवस्था र आयोजना लथालिङ्ग भयो

लोकपथ
2.9k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शीर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो  बताएका हुन् । उनले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भनेकाले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।

उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरूकै कारण यस्तो भएको जिकिर गरे । नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ । 

प्रवक्ता शाहीले एमसीसी पास गर्नेहरूप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरू देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर गरे । उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको दाबी गरे । 

भ्रष्ट नेताहरूकै कारण नेपालको अर्थ व्यवस्था तथा आयोजना योजनाहरू लथालिङ्ग भएको भन्दै उनले सेतो भ्रष्टाचार गर्नेहरू को को हुन् छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?