काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको उल्लेख गरे ।
उनले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाइ पुग्छ संशोधनको प्रयास सुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए । उनले संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर नआइसकेको पनि बताए । उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरू संशोधन नभई कन कुनै नबाँचेको बताए ।
उनले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए । सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको उनको भनाइ छ । सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया