‘शहरी पूर्वाधारको लक्ष्य प्राप्तिका लागि वैकल्पिक वित्तीय उपकरण परिचालन आवश्यक’ 

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरी विकासको पूर्वाधारको पहुँच बिस्तार गर्ने उद्देश्यले सरकारले नयाँ राष्ट्रिय शहरी नीति २०८१ ल्याएको बताएका छन् । 

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्ध शहर निर्माण गर्न राष्ट्रिय शहरी नीति ल्याएको बताएका हुन् । उनले दूर दृष्टिसहित शहर विकासको पूर्वाधारको पहुँच बिस्तार गर्ने बताए । उनले जीवनस्तरमा सुधार ल्याउन आधुनिक सुविधायुक्त शहरी पूर्वाधार निर्माणमा वृहत् लगानीको आवश्यक रहेको औँल्याए। 

उपप्रधानमन्त्री सिंहले शहरी विकास पूर्वाधारको राष्ट्रिय लक्ष्य पूरा गर्न परम्परागत विकास मोडल तथा आर्थिक स्रोतका अतिरिक्त सरकारी क्षेत्र, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय तथा स्थानीय पुँजी बजारको स्रोत वैकल्पिक वित्तीय उपकरणहरू परिचालन हुनु आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?