काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवाद र गुटवादका समस्याहरु रहेको स्वीकार गरेका छन् ।
शुक्रबार चितवन पुगेका पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले व्यक्तिवाद र गुटवाद रहेका र त्यसलाई हल गरेर अघि बढ्ने समेत विश्वास व्यक्त गरे ।
‘हामी आफैँँले पार्टीमा व्यक्तिवाद र गुटवादका केही समस्याहरु छन् भनेर स्वीकार गरेका छौँ । त्यसलाई हामी रुपान्तरबाट हल गर्न चाहन्छौँ । अहिले नै पूरै हल भइसकेको छैन । हामी अध्यक्ष प्रचण्ड कमरेडको नेतृत्वमा यो पार्टीलाई रुपान्तरण गरेर अघि बढ्छौँ,’ उनले भने ।
त्यस्तै वर्तमान सरकारले सुशासनका विषयमा काम गर्न नसकेको आरोप समेत लगाए । सरकारले सुशासनलाई अवरुद्ध गरेको बताउँदै उनले भने, ‘यो सरकारले सुशासनलाई पूरै अवरुद्ध गर्यो, भ्रष्टाचारीको रक्षा गर्ने काम बढिरहेको छ । निरंकुश र अध्यादेश शासन गर्दैछ ।’
सरकारले जनताका पक्षमा काम गर्न नसकेको टिप्पणी गर्दै सरकारका बारेमा टिप्पणी गरेर शब्द खर्च गर्नुपर्ने अवस्थामा आफू नरहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया