काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरबदल हुँदा त्यसको प्रत्यक्ष असर प्रदेशमा समेत परेको छ ।
केन्द्रको सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् ।
हाल बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको छ । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन तोडिएसँगै बागमतीमा कांग्रेसका मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् ।
अहिले बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रदेशका आन्तरिक मामिलामन्त्री बहादुरसिंह लामासहित मन्त्री र अन्य नेताहरुले सभापति शेरबहादुर देउवासँग परामर्श गरिरहेका छन् । देउवासँगको छलफलपछि सामूहिक राजीनामा दिने स्रोतले जानकारी दियो ।
‘अहिले सभापतिज्यूसँग छलफल जारी रहेको छ । त्यसपछि सामूहिक राजीनामा हुने भन्ने छलफल भएको हो ।’ स्रोतले लोकपथसँग भन्यो ।
हाल बागमती प्रदेशमा नेपाली कांग्रेसबाट ६ मन्त्री रहेका छन् ।
बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया