पैसा लोभले मरेको संख्या बढाइयो

कैलाली – घोडाघोडी नगरपालिकाका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाइचढाई सार्वजनिक गरेको खुलासा भएको छ। दुई हजारको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए।

‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन्।’ गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए। तर नगरपालिका आफैं व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए। असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर मरेका गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बुढाले बताए। उनले भने, ‘पशुका क्षेत्रमा काम गर्ने केही एनजिओले बजेट ल्याउन मरेका गाईको संख्या बढाएका हुन्।’ आफ्नो स्वार्थका लागि सक्रिय समूह र संस्थाद्वारा सञ्चारमाध्यमलाई पनि गुमराहमा पार्ने काम गरिएको वडाध्यक्ष बुढाले बताए। नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?