काठमाडौं । भक्तपुरको राधेराधेस्थित हनुमन्त खोलाको पुलमुनि शनिवार बालिकाको शव भेटिएको थियो जसको सनाखत हुन सकेको छैन ।
बालिकाको शव सनाखत हुन नसकेपछि शवको पोष्टमार्टम भएको छैन ।
मृतक बालिका करिव ८र१० वर्षको भएको प्रहरीको अनुमान गरेको थियो तर शव सेडिसकेकाले अनुहार समते पहिचान गर्न नसक्ने प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार शनिबार उनको शव भेटिएलगत्तै कानुनी प्रक्रिया पूरा गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । प्रक्रिया अनुसार परिवारले जाहेरी दिएपछि मात्रै अस्पतालले पोष्टमार्टम गर्छ ।
अब शवको पहिचानका उक्त बालिकाको कपडा मात्र हो । बालिकाले हरियो रंगको कपडा लगाएकी प्रहरीको भनाई छ । प्रहरीले उक्त बालिकासँग सम्बधित यथेष्ट प्रमाण भने भेटेको छैन ।
पोष्टमार्टमको रिपोर्टबाट मात्रै बालिकाको मृत्युको समय र कारण खुल्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया