भोजपुर दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १२ जना घाइते

लोकपथ
650
Shares

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर -८ मा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर आमचोक गाउँपालीका-१० बस्ने २७ वर्षीय रुना राई सुनसरी जिल्ला धरान उपमहानगरपालीका ५ बस्ने ३६ वर्षीय शान्ति राई रहेकी छन् ।

रुना राईकाे घटनास्थलमा नै मृत्यु भएको हो भने शान्ति राईको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले लोकपथलाई जानकारी दिए ।

घाईते हुनेहरुमा भोजपुर आमचोक गाउँपालिकाका १ का अन्दाजी ३६ वर्षका चालक प्रकाश राई, सोही गाउँपालिकाका ३० वर्षीय सुमन राई, आमचोक गाउँपालिका १० का ६० बर्षीय बिर बहादुर राई, ५ बर्षीय सायल राई, ३१बर्षीया सरस्वती राई, सुनसरी धरान उपमहानगरपालिका ५ की ३३ बर्षीया श्रृजना राई, मृतक शान्ति राईको ५ वर्षीय छोरा खानुहाङ राई र उनकै ९ बर्षकी छोरी आशिका राई, १३ बर्षीय साईमन राई, १३ बर्षकी लिजा राई, मृतक रुना राईको ६ महिनाको छोरा अनर्प राई र ५ बर्षकि सृष्टी राई रहेका छन् । उनीहरु दुवैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी घोडेटारबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीस्थित वि.पी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा भोजपुर आमचोक गाउँपालिकाका -१ का अन्दाजी ३६ वर्षका चालक प्रकाश राई, सोही गाउँपालिकाका ३० वर्षीय सुमन राई, आमचोक गाउँपालिका -१० का ६० बर्षीय बिर बहादुर राई, ५ बर्षीय सायल राई, ३१बर्षीया सरस्वती राई, सुनसरी धरान उपमहानगरपालिका ५ की ३३ बर्षीया श्रृजना राई, मृतक शान्ति राईको ५ वर्षीय छोरा खानुहाङ राई र उनकै ९ बर्षकी छोरी आशिका राई रहेका छन् । उनकाे अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यस्तै धरान उपमहानगरपालिका -५ कै १३ बर्षीय साईमन राई, १३ बर्षकी लिजा राई, मृतक रुना राईको ६ महिनाको छोरा अनर्प राई र ५ बर्षकि सृष्टी राई रहेका छन् । उनीहरु दुवैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उक्त जिपमा चालकसहित १४ जना सकार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?