काठमाडौंमा नीरफूलको याम (फोटोफिचर)

लोकपथ
117
Shares

काठमाडौं । घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ । वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ ।

हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ । बर्सेनि यही बेला फुल्ने बैजनी रङका फूल काठमाडौं उपत्यकाले देख्न थालेको करिब दुई सय वर्ष भएको मानिन्छ ।

ज्याकरन्डा फूल रैथाने वनस्पति भने होइन । यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरीषको प्रजाति ठान्छन् । तर, यो शिरीष होइन । दक्षिण अमेरिकाको रैथाने यो वनस्पति सहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ । युरोप, अफ्रिका हुँदै ज्याकरण्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ । जो होस् यो फूल जहाँ यतिबेला फुलेका छन्, उपत्यकाका ती सडक र गल्लीको सौन्दर्य नै छुट्टै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?