‘भ्यालेन्टाइन डे’ सप्ताहको आज तेस्रो दिनमा अर्थात् आज ‘चकलेट डे’ ।
कसरी मनाउँदै हुनुहुन्छ आज ‘चकलेट डे’ लाई । ‘भ्यालेन्टाइन डे’ आफैमा एक रोमान्टिक ‘डे’ हो र समयमा प्रेममय दिनको रुपमा पनि लिइन्छ ।
हुन त, यो एउटा वाहना हो । प्रमे कुनै दिवसको छेक पारेर गरिने होइन् ।
न यसका लागि कुनै समय र घडी नै कुर्नुपर्छ । प्रेम स्वतः हुने कुरा हो, जब दुई जनाको मन घुलमिल हुन्छ ।
फेब्रुअरी १४ आउन अझै बाँकी छ । यद्यपी प्रेम सप्ताह भने शुरु भइसकेको छ ।
७ फेब्रुअरी रोज डे । ८ फेब्रुअरी प्रपोज डे र आज चकलेड डे ।
गुलाबको फूल दिएर प्रेम व्यक्ति गर्ने दिन ‘रोज डे’ त्यसपछि प्रेम प्रस्ताव र आज प्रेमलाई अझ प्रगााढ बनाउन ‘चकलेट डे’ ।
मौसम पनि रोमान्टिक । सिमसिम पानी, चिसो मौसममा आफ्नो माया गरेको मायालुको साथमा चकलेट साटा–साट गर्दै आफ्नो मायालाई अझ प्रगाढ बनाउन निकै उपयुक्त समय हो ‘भ्यालेन्टाइन डे’
भनिन्छ पश्चिमा देशहरुबाट शुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय भएको पाइन्छ ।
‘भ्यालेन्टाइन डे’ प्रेम जाडीहरुका लागि निकै महत्पूर्ण दिन त्यसमाथि पनि जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने योजना बनाएकाहरुका लागि त झ ‘भ्यालेन्टाइन डे’ निकै उत्तम साइतको रुपमा पनि लिइन्छ ।
साथै आफ्नो प्रेमीप्रेमीकालाई चकलेट दिएर आफ्नो प्रेमको सम्बन्धलाई पनि चकलेट जस्तो मिठास बनाउने गरिन्छ ।
यो पनि भन्छन की चकलेट जस्तो मिठो केहि पनि हुँदैन र प्रेम प्राप्त भए पछिको खुसी जस्तो अरु केहि पनि हुँदैन र चकलेट खाएपछि प्रेमपनि बढ्छ, त्यसैले त ‘भ्यालेन्टाइन डे’ सप्ताहमा ‘चकलेट डे’को पनि छुट्टै महत्व छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया