नेपाल खाद्य संस्थानले कर्मचारी माग्यो

काठमाडौं। नेपाल खाद्य संस्थानले विभिन्न ६ पदमा कर्मचारीको माग गरेको छ ।

संस्थानले शुक्रबार एक सूचना जारी गरी वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर, मिल हेल्पर र सहायक पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २४ भित्र आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर त्यसको थप ७ दिनभित्र पनि आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?