बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
49
Shares

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले शपथ ग्रहण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?