प्रहरी जवान घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक

लोकपथ
12.6k
Shares

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या अभियोगमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायरसमेत गरेको थियो ।

उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरे ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए । प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?