पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर, ‘पुजार सार्की’को भूमिकामा उत्सुकता

लोकपथ
0
Shares

काठमाडौं। चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्।

मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन्। पल र प्रहरी मुठभेड देखिएको छ। पक्राउ गर्न खोजिरहेको देखिन्छ। यो तस्बिरबाट ‘पुजार सार्की’को कथा वर्तमान समयसम्म आइपुगेको अनुमान गर्न सकिन्छ। पलको फोटोलाई उनका फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन्।

फोटो सार्वजनिक गर्दै पलले लेखेका छन्, “आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ।”

उनले “जेठ १० गते, यही बिहीबार, बुद्ध जयन्तीको दिन देखि हल हलमा नै भेटौँ है” भन्दै हलमा दर्शकलाई आह्वान गरेका छन्। अन्त्यमा पलले आफूलाई ‘पुजार सार्की’को पात्र मेघराज खत्रीको रूपमा चिनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?