रुप्से होलिडेजले ल्यायो ४ हजार ४४४ रुपैयाँ मै भियतनाम घुम्ने प्याकेज

लोकपथ
1.6k
Shares

काठमाडौं । रुप्से होलिडेजले मासिक ४ हजार ४४ रुपैयाँमै भियतनाम घुम्ने प्याकेज सार्वजनिक गरेको छ । घुमघाममा रुची राख्ने नेपाली पर्यटकका लागि होलिडेजले किस्ताबन्दीमै भियतनाम घुम्ने योजना ल्याएको हो ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार ५ दिनको भियतनाम टुरको लागि करिब १ लाखको प्याकेज घोषणा गरिएको हो । एकैपटकमा बुझाउने पर्यटकका लागि कुल ८९ हजार ९९९ रुपैयाँ र १८ महिनाको किस्ताबन्दीमा घुम्न जानेका लागि मासिक ४ हजार ४४४ रुपैयाँको प्याकेज घोषणा गरिएको हो ।

किस्ताबन्दीमा घुम्न जाने पर्यटकले सुरुमा २० हजार रुपैयाँ बुझाउनुपर्नेछ । त्यसपछि मासिकरुपमा ४ हजार ४४४ रुपैयाँका दरले १८ महिनासम्मको मासिक किस्तामा रकम भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीका अनुसार उक्त रकममा सिगापुर एअरलाइन्सको दुईतर्फी टिकट, भियतनामको दानाङमा तीन तारे होटलमा चार रातको ब्रेकफास्टसहितको बास, दानाङ र हो ऐनको सिटी टुर, बाना हिल्स तथा गोल्डेन ब्रिजको टुर लगायतका प्याकेज समेटिएका छन् । सोही रकममा १३ प्रतिशत भ्याट र ५ प्रतिशत पर्यटन सेवा शुल्क पनि समेटिएको टुर अपरेटर रुप्से होलिडेजले जनाएको छ ।

किस्ताबन्दीका लागि आफ्नो नियमित आम्दानीको श्रोत वा स्यालरी सर्टिफिकेट, नागरिकता र फोटो भए पुग्ने रुप्से होलिडेजले जनाएको छ । किस्ताबन्दीका लागि बैंकिङ पार्टनरका रुपमा माछापुच्छ्रे बैंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?