धनगढी उपमहानगर प्रमुख हमाल टुँडीखेलको सिप मेलामा 

लोकपथ
78
Shares

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बुधबार काठमाडौंको टुँडिखेलमा जारी सिप मेला २०८१ को अवलोकन गरेका छन् ।

मेलामा विभिन्न विधाका पेसासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, सिकाइने विषय, यसका अपेक्षित उपलब्धिबारे उनले जानकारी लिएका छन् ।

उनलाई मेला अवलोकनका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गरेका थिए । मेला काठमाडौं महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ ।

२०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिंगसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो ।

अवलोकनपछि हमालले भने, ‘यो ठूलो कार्यक्रम हो । यसले युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना महत्वपूर्ण छ ।’

रोजगार संयोजक देवेन्द्र केसीका अनुसार काठमाडौंको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो दिएका छन् ।

मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेसासँग सम्बन्धित तालिम सञ्चालनमा छ । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । फास्टफुड एण्ड कुकिङ र बेकरीका कक्षाहरु ४-४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३-३ घण्टा हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?