काठमाडौं । काठमाडौंको सामाखुशीमा बा१ज ९७६६ नं.को माइक्रोबस दुर्घटना भएको छ ।
कलंकीदेखि थली जाँदै गरेको माइक्रोबस दुर्घटना भएको हो ।
दुर्घटनामा धुम्बाराहीकी सिता दाहालको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
५५ वर्षीया दाहालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहन केसीले लोकपथलाई जानकारी दिए ।
घाइते हुनेहरुमा सपना राई, सावित्री अधिकारी, सुसिल अधिकारी र लक्ष्मी सापकोटा रहेका छन् ।
त्यस्तै घाइतेमध्ये तीन जनाको अलनेपाल अस्पतालमा उपचार भइरहेको छ भने लक्ष्मी सापकोटाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया