राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ

लोकपथ
325
Shares


काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन् ।

मनोनीत कोटाका लागि सरकारले उनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?