बझाङमा एमालेका उम्मेदवार भण्डारीको फराकिलो अग्रता

लोकपथ
273
Shares

काठमाडौं । बझाङ प्रदेशसभा– १ (१) मा एमालेले सुरुवाती मतगणनामै फराकिलो अग्रता कायम गरेको छ । हालसम्मको मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत पाएका छन् ।

छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार भण्डारीले १३०३ मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?