इलाममा तीन वडाको मतगणना सकिँदा कांग्रेसको अग्रता कायमै

लोकपथ
299
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा कांग्रेसको अग्रता कायमै रहेको छ ।

फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

हालसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?