होटल होलिडे एण्ड गेस्ट हाउसभित्र महिला र पुरूष मृत भेटिए

लोकपथ
3.4k
Shares

काठमाडौं । जनकपुरको एक गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिएका छन् ।

जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर होटलको कोठामा भित्रबाट चुकुल लगाएर एकसाथ झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पिपरा नै माइत भएकी ती महिला छोरीलाई लिएर युवकसँग ३/४ दिनदेखि होटलमा बसिरहेको अनुसन्धानका क्रममा खुलेको छ ।

युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?