प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

लोकपथ
52
Shares

काठमाडौं । मंगलबार संसद भवन अघि आत्मदाह गरेको इलामका प्रेसप्रसाद आचार्यले मृत्युअघि उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।

बिहीबार गृहले गृह मन्त्रायलका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

उक्त समितिमका अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।

आत्मदाहअघि आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?