काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।
सदर चिडियाखानाले शुक्रबार एक सूचना प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो ।
सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुक्रबारदेखि चिडियाखाना बन्द गरिएको जनाइएको छ । सूचनामा भनिएको छ, ‘सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया