काठमाडौं । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार कञ्चनपुरकै एक युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बतायो । तर, हाल उनको नाम गोप्य राखिएको छ । उनी लागूऔषध दुर्व्यसनी समेत हुन् ।
विभिन्न समितिले घटनाको अनुसन्धान गर्ने क्रममा उनलाई शंकास्पदको सूचीमा राखेको थियो । तर, परिवार स्रोतले उनी भारत गएको दाबी गरेका छन् ।
पक्राउ परेका उनलाई काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । साथै उनको पनि ‘डीएनए’ परीक्षण गरिने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया