इलाम–२ मतगणना : मतान्तर फराकिलो हुँदै

लोकपथ
0
Shares

काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार दिउँसो १२ बजेबाट जारी मतगणनामा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ ।

सुरुवाती २ वडामा कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएको भएपनि वडा नम्बर ३ र ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागेका हुन् ।

ताजा अवस्थामा एमाले उमेदवार सुहाङ ७ सय ८० मतले अघि लागेका छन् । उनले ३ हजार २ सय ४९ मत पाएका छन् भने कांग्रेसका खड्काले २ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् ।

तेस्रोमा पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् । उनले ७ सय ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले ४ सय ३४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?