बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरी र उपाध्यक्षमा एमालेका धाना विजयी

लोकपथ
351
Shares

बैतडी । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन् । उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए ।

निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जसबिर बोहराले १८०० मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी धाना धामी विजयी भएकी छन् । धामीले २९३९ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरेकी छन् ।

सिगास गाउँपालिकाको वडा न १ मा कांग्रेसका रामचन्द्र ऐरी, २ मा एमालेका ठकेन्द्र ऐरी, ३ मा कांग्रेसका अमरसिंह धामी, ४ मा काग्रेसका हरिसिंह बोहरा ५ मा एमालेका राजेन्द्र चन्द, ६ मा कांग्रेसका तेज बहादुर बोहरा, ७ मा कांग्रेसका कृष्ण कुमार साउद, ८ मा एमालेका केशव बहादुर बोहरा विजयी भएकाछन् । वडा न।९ मा कांग्रेसका कृष्ण सिंह धामी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?