बुढीगंगामा मतगणना सुरू

लोकपथ
117
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको सम्पन्न मतदानको मतगणना सुरू भएको छ । सर्वदलीय बैठक पश्चात वडा नम्बर ५ बाट मतगणना सुरु भएको बताईएको छ । वडास्थित भानोदय माविमा मतगणना थालिएको छ । बैठकपछि गणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बुढीगंगामा वैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि बिहीबार पुनः मतदान भएको थियो । बिहीबार भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका थिए । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

वैशाख ३० गते भएको मतदानमा भने ७५.५८ प्रतिशत मतदान भएको थियो । बुढीगंगाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् । कांग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?