बुढीगंगा मतगणना अपडेट : मेयर–उपमेयर दुवैमा एमालेको अग्रता

लोकपथ
104
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयर दुवैमा एमालेको फराकिलो मतान्तर भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि नगरपालिकामा एमालेको जित निश्चित भएको हो ।

अहिलेसम्म ८ हजार ६१७ गणना हुँदा मेयरमा एमाले उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ५९७ मतका साथ पछ्याइरहेका छन् । दुईजना बीचको मतान्तर ९५८ छ ।

उपमेयरमा पनि एमाले उम्मेदवारको जित निश्चित भइसकेको छ । मायाकुमारी खड्काले ४ हजार ४८० मत ल्याएकी छन् भने प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रिता शाहीको ३ हजार ६०० मत छ ।

उपमेयरका दुई उम्मेदवारको मतान्तर ८८० रहेको छ । पुनः भएको मतदानमा कूल ९ हजार ११७ मत खसेको थियो । अब ५०० मत मात्र गन्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?