बुढीगंगा नगरपालिका अपडेट : मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

लोकपथ
1.2k
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना भईरहेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवारले मतान्तर बढाउँदै गएका छन् । जारी मतगणनामा एमालेका तर्फबाट मेयर र उपमेयरले अग्रता बढाउँदै लगेका छन् ।

अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ । पछिल्लो विवरणअनुसार ४ हजार ३६२ मत गणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले २ हजार ६९० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ४२५ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरूबीच १,२६५ मतको फरक छ ।

उपमेयरमा नेकपा एमालेकी मायाकुमारी खड्काले २ हजार ६४५ ल्याएकी छन् । नेपाली कांग्रेसकी रिता शाहले १ हजार ४६८ मत ल्याएकी छन् । एमालेकी खड्का १ हजार १७७ मतले अगाडि छन् । बुढीगंगा नगरपालिकाका १० वडामध्ये ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीकाअनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । नगरपालिकाको जारी मतगणनामा सुरुदेखि नै एमालेका उम्मेदवारले अग्रता लिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?