बुढीगंगाको सत्ता एमालेको हातमा

लोकपथ
624
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आज सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयरका उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

मेयरमा एमालेका बानियाँले ४ हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत ल्याएर पराजित भए । खातीलाई १ हजार ३ मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्तै, उपमेयरमा एमालेकै मायाकुमारी खड्का (कुँवर) ले ४ हजार ७२७ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याएकी छन् । उपमेयरमा ९७२ मतको फरक छ ।

। १० वटा वडा रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?