बाजुराको बुढीगंगामा मतदान सकियो, आजै मतगणना सुरू हुने

लोकपथ
312
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावअन्तर्गत आज मतदान सम्पन्न भएको छ ।

मतदान सकिएपछि मतपेटिका संकलन कार्य सुरू गरिएकाे निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिए। मतपेटिका संकलन गरेर आजै मतगणना गर्ने तयारी छ ।

दिउँसो १२ बजे वडा नं ९ मा फर्जी मतपत्र प्रयोग गर्न लागिएको भन्दै विवाद भएपछि केही समय चुनाव रोकिएको थियो । यद्यपि, निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको हो ।  बुढीगंगा नगरपालिकाका १० वटै वडामा मतदान भएको थियो । मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बस्ने र मतगणना सुरू हुनेछ । गत वैशाख ३० मा यहाँ स्थानीय चुनाव भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।

बुढीगंगाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ तथा उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?