महानगर सभापतिका उम्मेदवार नीलकाजी भन्छन्- ‘काठमाडौं कांग्रेसलाई बलियो बनाउँछु’ (भिडियोसहित)

लोकपथ
2.6k
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले स्थानीय तहका अधिवेशन भइरहेका छन् । कतिपय स्थानीय तहका अधिवेशन सकिसकेका छन् भने कतिपयमा बाँकी छन् । यसैअन्तर्गत कांग्रेस नेताहरूको चासो रहेको काठमाडौं महानगरपालिकाको नगर अधिवेशन आगामी शनिबार हुँदै छ । महानगर सभापतिमा कांग्रेसका पुराना नेता नीलकाजी शाक्य पनि उम्मेदवार बनेका छन् । कांग्रेसमा इमान्दार नेताको परिचय बनाएका शाक्य कलाकार समेत हुन् । उनी हाल काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर २५ का निर्वाचित जनप्रतिनिधि अर्थात् वडा अध्यक्ष पनि हुन् । शाक्यसँग लोकपथका लागि रामेश्वर सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ काठमाडौं महानगरमा कांग्रेसको सभापति उम्मेदवार हुनुहन्छ तपाईँको जित्ने आधार के छ त ?

मैले नेपाली कांग्रेसमा लामो संघर्ष गरेको छु । २०३३ मा १८ वर्षको उमेरदेखि नै म वीपी कोइराला र गणेशमान सिंहको सङ्गतबाट राजनीतिमा लागेको हुँ । कांग्रेसले देश र जनताका लागि गरेका हरेक आन्दोलनमा म सहभागी भएको छु । जेलनेल खेपेको छु, दुःख कष्ट भोगेको छु । काठमाडौंका सबैलाई मेरोबारे थाहा छ । मसँग कांग्रेसलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने योजना छ । काठमाडौंका कांग्रेस कार्यकर्ताले मलाई माया गर्छन् ।

काठमाडौंमा त कांग्रेस सक्रिय छैन भनिन्छ नि, हो ?

त्यो कुरा गलत हो । गत स्थानीय निर्वाचनमा कांग्रेसले मेयर जित्न नसके पनि लोकप्रिय मत भने घटेको छैन, बढेको छ । किनभने काठमाडौंका जनताले कांग्रेसलाई सधैँ साथ दिएका छन् ।

सिट संख्या तलमाथि भयो होला त्यो राजनीतिमा कहिलेकाहीँ हुन्छ । जनताको साथमा सधैँ कांग्रेस छ । कांग्रेसले अरुको जस्तो झुटा आश्वासन दिँदैन । जे बाचा गर्छ त्यो गरेरै देखाउँछ । कांग्रेसप्रति जनता जागरुक छन् ।

तपाईँले महानगर सभापतिमा जित्नुभयो भने काठमाडौं कांग्रेसलाई कसरी अघि बढाउनुहुन्छ ?

काठमाडौंमा छरिएर रहेको कांग्रेसलाई एकजुट बनाउँछु, नेता कार्यकर्ताको भावना बुझेर काम गर्छु । बलियो कांग्रेस बनाउँछु । २१औँ शताब्दीको कांग्रेस निर्माण गर्छु ।

कांग्रेसमा गुट उपगुट छन् तपाईँचाहिँ कुन गुटको ?

मत क्षेत्रपाटी गुटको कांग्रेस । क्षेत्रपाटी कांग्रेसका लागि पवित्र आस्थाको केन्द्र हो । जहाँबाट सर्वाेच्च नेता गणेमान सिंहले राणाहरूको अन्याय अत्याचार र पञ्चायती शासकका विरुद्ध लड्ने विगुल फुक्नुभयो ।

गणेशमानले हामीलाई मनुष्य भएर बाँच्ने बाटो देखाउनुभयो । त्यसकारण उहाँको संगतका कारण मैले उहाँको मृत्यु हुँदा दाहसंस्कार समेत गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?