युट्युब बन्यो विश्वकै सर्वाधिक डाउनलोड हुने एप, विश्वको जनसंख्याभन्दा बढी डाउनलोड

लोकपथ
234
Shares

काठमाडौं । युट्युब विश्वकै सर्वाधिक डाउनलोड हुने एप बनेको छ । प्ले स्टोरमा युट्युब १० अर्बभन्दा बढी डाउनलोड भएको छ ।

युट्युबबारे रोचक तथ्य के छ भने प्ले स्टोरमा युट्युब डाउनलोड भएको संख्या हाल विश्वभर रहेका मानिसको जनसंख्याभन्दा बढी रहेको छ । हाल विश्वभर ७.९ अर्ब जनसंख्या रहेको छ । युट्युब १० अर्बभन्दा बढी डाउनलोड भएको छ।

No description available.

यो १० अर्ब डाउनलोड केवल गुगल प्ले स्टोरको मात्रै हो । यसमा एप्पल एप स्टोरको डाउनलोडलाई जोडिएको छैन ।कोरोना महामारीका कारण पनि युट्युबमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ ।

युट्युबपछि प्ले स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप फेसबुक रहेको छ । फेसबुक ६ अर्बभन्दा बढीले डाउनलोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?