बजेटको आकार बढाएर मात्र विकास सम्भव हुँदैन : कांग्रेस

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताएका छन् ।

बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी नहुने स्पष्ट पारे ।

राईले भने, ‘उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन । राष्ट्रको खर्च गर्ने क्षमता कति छ भन्ने कुरा सबैलाई थाहा छ। बजेटको आकार मात्रै ठूलो बनाएर उत्पादनशील क्षेत्रमा अघि बढ्न नसके राम्रो प्रतिफल आउँदैन ।’

उनका अनुसार बजेटको सफल कार्यान्वयनका लागि सरकारको कार्यान्वयन क्षमता र खर्च गर्ने दक्षता निर्णायक हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?