काठमाडौं । ‘बिचुटेन डाटा भोल्ट’ ले नेपालको पहिलो टियर आईभी हाइपरस्कोप डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ ।
व्यवसायीहरु नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यस विदेशी कम्पनीले डाटा सेन्टर स्थापनाको घोषणा गरेका हुन् ।
योसँगै अब नेपालकै पहिलो टियर आईभी प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९ दशमलव ९९ अपटाइमको सुनिश्चितता गर्दछ । यसको अर्थ वर्षभरिमा २६ मिनेट भन्दा कम मात्र प्राविधिक अवरोध हुनसक्न, जसले बैंकिङ र दुरसञ्चारजस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्दछ ।
यो परियोजना दुई रणनीतिक स्थानमा रहनेछ । कम्पनीका अनुसार यो परियोजना काठमाडौं (साइट १) र वीरगञ्ज (साइट २) गरी दुई रणनीतिक स्थल छनोट गरी निर्माण गर्न लागिएको हो । २४० किलोवाट क्षमताबाट सुरु भइ सन् २०३० सम्ममा यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको बताइएको छ ।

कम्पनीले भीभीडीएन, गूगल क्लाउड, एएमडी, माईक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरुसँग रणनीतिक साझेदारी गरेर डाटा सेन्टर निर्माण गर्न लागेको हो ।
यो पूर्वाधार निर्माणले नेपालमा सूचना प्रविधि र इन्जिनियरिङको क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता उपकरणहरु उत्पादनको सम्भावना समेत रहेको छ ।
‘डाटा नै कृतिम वौद्धिकता र डिजिटल रुपान्तरणको आधार हो’ भन्ने मान्यताका साथ बिचुटेन डाटा भोल्टले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनेछ ।
यो डाटा सेन्टर उर्जा दक्ष र पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ जसले दिगो र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ ।

यो पहलले नेपाललाई दक्षिण एशियाकै एक विश्वसनीय डिजिटल हबको रुपमा स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया