काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् ।
उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ गतेभित्र १० जनाको आवेदन परेको हो ।
आवेदन दिनेहरूमा पूर्व उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रा.डा.गेहनाथ बराल, प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा.दीपेन्द्र श्रेष्ठ, प्रा.डा. देवेन्द्रबहादुर खत्री, सह–प्रा.डा. प्रमोदकुमार यादव, प्रा. डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधान रहेका छन् ।
समितिले आवेदन दिएका उम्मेदवारहरूलाई कार्ययोजनासहितको सोचपत्र प्रस्तुत गर्न र अन्तर्वार्तामा सहभागी हुन जेठ २६ र २७ गते समय तोकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया