काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा आएसँगै भेटघाटलाई तिव्रता दिएका छन् ।
दुई वर्षसम्म भूमिगत रहेका विप्लव २०७७ फागुन २१ गते शुक्रवारबाट सरकारसँग ३ बुँदे सहमतीसँगै सार्वजनिक भएका हुन् । आपराधिक क्रियाकलाप बढाएको भन्दै सरकारले २०७७ फागुन २८ गते विप्लव समूहमाथि प्रतिवन्ध लगाएको थियो ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा देखिएका विप्लवले त्यसलगत्तै आफ्ना पूर्व सहकर्मीदेखि आफ्ना पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् ।
विप्लवले शनिवार नख्खु जेलमा रहेका आफ्ना पार्टीका नेता हेमन्तप्रकाश ओली ‘शुदर्शन’लाई भेटेका थिए ।
त्यस्तै उनी अन्य पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाटमा व्यस्त देखिएका छन् ।
यसैक्रममा उनले नेकपा क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतसँग भेट गरे ।
आइतवार (आज) बिहान पूर्वसभामुख कृष्णबहादुर महरा भेटघाट गरेका थिए । । त्यस्तै सोमवार उनी पार्टीनिकट महिला संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्न कपिलवस्तु जाने बताइएको छ ।
यसैक्रममा विप्लवको सुरक्षामा १० जना खटाइएको छ । लामो समय भूमिगत रहि भर्खर सार्वजनिक भएका कारण सुरक्षा चुनौती रहेको भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
उनको सुरक्षामा महानगरीय प्रहरी परिसर काठमाडौंबाट इन्स्पेक्टरको नेतृत्वमा १० जना खटाइएको स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया