दुई दिनमै घट्यो सुन तोलामै १५ हजार २ सय रुपैयाँ, आज कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
392
Shares

काठमाडौं । साताको पाचौं कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा १० हजार एक सय रूपैयाँले घटेको थियो ।

अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ हजार १ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो ।

हिजो बुधबार ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?