प्रधानमन्त्रीले गरे संसद विघटनको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् संसद विघटनको प्रस्ताव गरेका छन् ।

आज (आइतवार) बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बसेको बैठक करिब २० मिनेट बसेर सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको बैठकमा अन्य के विषयमा कुराकानी भयो भन्नेबारे थाहा हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?