काठमाडौं – पार्टीको आन्तरीक विवाद चुलिएका बेला संकट समाधानको लागि भन्दै डाकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक धुम्बाराहिस्थित पार्टी केन्द्रिय कार्यालयमा जारी छ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नै आज १ बजेका लागि डाकिएको बैठक करिब ४० मिनेटसम्म बसेको थिएन । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शिर्ष नेताहरु धुम्बाराहिमा कुरेर बसेका थिए ।
हिजो शनिबार बसेको पार्टीको सचिवालयमा नै एजेण्डाबिनाको बैठक आवश्यक नै छैन भनेका ओलीले आजको बैठकमा नआउने संकेत गरेतापनि औपचारिक जानकारी भने आएको थिएन ।
एक सचिवालय सदस्यले लोकपथसँग भने करिब ४० मिनेट कुरेपश्चात् प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ओली बैठकमा सहभागि नहुने सन्देश पठाएसँगै बैठक शुरु भएको हो ।
स्थायी कमिटी बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिएतापनि कुनै सहमति र पूर्वतयारी भने भएको थिएन । बेग्लाबेग्लै भेट भएतापनि संकट समाधानमा केन्द्रित छलफलहरु नभएको बताईन्छ ।
यसअघि हिजो (शनिवार)को सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको ‘प्रतिवेदन पत्र’ स्थायी कमिटीमा लाने निर्णय गरेअनुरुप आज स्थायी कमिटीमा छलफलका लागि लगिएको हो ।
गत असारमा निकै लामो विवादकाबीच सकिएको स्थायी कमिटी बैठक त्यसपछि आज आइतवार बसेको हो ।
आजको बैठकमा गत कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव पत्रमा यही मङ्सिर १३ गते ओलीले दिएको लिखित जवाफ पेश गरी छलफल गर्ने कार्यसूची थियो ।
यसअघि प्रकाशित समाचार पढ्नुभएको थियो ?
४० मिनेट ढिलो गरी शुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली गएनन् !
शुरु भएन नेकपाको स्थायी कमिटी बैठक, ओली अझै पुगेनन् धुम्बाराही
नेकपाको स्थायी कमिटी बैठक : धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया