बीपी राजमार्गमा फेरि सवारीसाधन ‘होल्ड’

लोकपथ
0
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा फेरि सवारीसाधन ‘होल्ड’ गरिएको छ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर सवारी आवागमन रोकिएको काभ्रे प्रहरीले जनाएको छ ।

‘रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन होल्ड गरिएको छ,’प्रहरीले बिहीबार दिउँसो १ः१५ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ ।

वर्षासँगै रोशीमा बहाव बढेपछि तीन दिन बन्द गरिएको राजमार्ग बिहीबार ९ बिहान मात्र खुलाइएको थियो । यही वैशाख २१ गते अपराह्नदेखि त्यहाँ सवारी आवागमन बन्द गरिएको थियो ।

रोशी गाउँपालिका–७, घुमाउनेनजिक बाढीले बगाएको ‘डाइभर्सन’ मर्मत गरी बिहीबार बिहानदेखि बाटो खुलाइए पनि दिउँसो पुनः सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?