काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु हुन ढिलाइ भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरु पुगे पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली अझै पुगेका छैनन् ।
चुलिँदो अविश्वास र सतहमा आएका झगडाका कारण फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज १ बजेका लागि तय गरिएतापनि साढे १ बजेसम्म बस्न सकेको छैन ।
पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएसँगै नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै स्थायी कमिटी बैठकमा प्रवेश गर्न लागेको हो ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
नेकपाको स्थायी कमिटी बैठक : धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया