फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्गलाई आगामी दुई वर्षभित्रमा कालोपत्रे गर्ने बताएका छन्।
जिल्लाका आठवटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअन्तर्गत आज मैवाखोला गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो धारणा राखे ।
उनले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुवात गरिने बताए । मित्रराष्ट्र चीनसँग नौ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तामोर कोरिडोरले तीव्रता पाउँदै जाने उनको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया