काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ८२ हजार ९९८ जनाको मृत्यु भएको छ भने १ करोड ७७ लाख ५७ हजार ५०१ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ११ लाख ६० हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच मेक्सिकोमा कोरोना भाइरसका कारण अहिलेसम्म ४६ हजार ६८८ जनाको मृत्यु भएको छ भने ४ लाख २४ हजार ६३७ जनालाई संक्रमण भएको छ ।
मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६८८ जनाको मृत्यु भएको छ भने ८ हजार ४५८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २ लाख ७८ हजार ६१८ जना संक्रमण मुक्त भएका छन् भने ९९ हजार ३३१ जना स्वास्थ्योपचाररत छन् ।
त्यस्तै त्यहाँ ३ हजार ९८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मेक्सिको कोरोनाबाट मृत्यु हुनेहरुको हिसावमा विश्वकै तेश्रो स्थानमा पर्छ । पहिलोमा अमेरिका, दोश्रोमा ब्राजिल, तेश्रोमा मेक्सिको, चौथोमा बेलायत र पाचौँमा भारत रहेका छन् ।
चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !
भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !
के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया