कोरोनाबाट मृत्यु भएका युवकको शव व्यवस्थापन कसरी गरीन्छ ? यस्तो छ कार्यविधि

काठमाडौं । विश्वभर स्वास्थ्य चुनौतिको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ को महामारीबाट बच्न नेपालमा लकडाउन नीति अपनाईएतापनि हालसम्म २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भयो । हिजो शनिबार एक जना  र आज एक जना मृतकमा कोरोना पुष्टि भयो । तपाईलाई लाग्न सकछ, कोरोनाको कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गरीन्छ ?

कोरोना भाइरस ‘कोभिड १९’ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ।

सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको थियो । अब आजका मृतकको पनि सोही कार्यविधी बमोजिम अन्तिम संस्कार गरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन । अर्थात् परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

कोभिड- १९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने पनि कार्यविधीमा छ । यदि पोष्टमार्टम गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

 नेपालमा कोरोनाबाट मर्नेको संख्या २ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएसँगै नेपालमा मृतक संख्या दुई पुगेको छ ।

आज मात्रै बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको हो।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज बिहान ६ बजे एक्कासी स्वास्थ्यवस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

त्यस्तै हिजो (शनिवार) नेपालमा कोरोना भाइरसको महामारीबाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकाकमा उनको स्वाब परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

शव व्यवस्थापन यसरी गरीन्छ ।

 

(AFP)

यो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा प्रयोग गरिएको तस्वीर हो ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/05/covid.pdf”]

यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

मन्त्रालयले भन्यो- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

नयाँ बसपार्क नजिकै बस्थिन् कोरोनाबाट मृतक महिला, ‘एरिया सील’ गरिँदै

मन्त्रालयले भन्यो :कोरोनाबाट १ जनाको मृत्यु

कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु

कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो

कोरोनाबाट मृत्यु भएकाको कसरी गरिन्छ अन्तिम संस्कार ?

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९१ पुगे

Photo : Agency 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?