विश्वको सर्वाेच्च शिखर सगरमाथा चीनमा पर्ने चिनियाँ मिडियाहरुको दाबी

काठमाडौं । नेपाल र चीनबीच सन् १९६१ मा भएको एक सम्झौता अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथाको केही भागमा चीनको दाबीलाई नेपाललाई स्वीकारेको छ ।

विश्वनाथ पाण्डेद्वारा लेखिएको पुस्तक ‘डिस्प्युटड ल्याण्डस् एण्ड नेशनल ईन्टिग्रिटी’मा उल्लेख गरिए अनुसार सन् १९६१ को नेपाल–चीन सम्झौताले सगरमाथाको पूर्व पट्टीको केही वर्गमाईल चीनलाई दिइएको थियो ।

त्यसपछि चीनले सगरमाथाको अन्य भागहरु माथिको आफ्नो दाबी छोडेको थियो । उक्त सम्झौता अथवा चीनसँग भएको अन्य कुनै पनि सम्झौताले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावीलाई स्वीकार गर्दैन् ।

Source:https://books.google.com.np/books?id=Lj9dDwAAQBAJ&pg=PA123&dq=Agreement+between+Nepal+and+China+on+Mt.+Everest&hl=en&sa=X&ved=0ahUKEwj60NbEqqjpAhVLaCsKHQrCCQUQ6AEIQDAD#v=onepage&q=Agreement%20between%20Nepal%20and%20China%20on%20Mt.%20Everest&f=true

तर चीनले पटक–पटक सगरमाथाको सर्वोच्च शिखर नै चीनमा पर्ने दाबी गर्दै आएको छ । हालमात्रै चिनियाँ मिडिया सिजीटिएनले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दाबी गर्दै एक तस्वीर ट्वीट गरेको छ । त्यस ट्वीटले सगरमाथा शिखरको विवादलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ ।

सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दाबी सिजीटिएनले मात्र नभई पर्यटन प्रवद्र्धनका लागि खोलिएका अन्य चिनिँया व्यवसायीक वेवसाईटले पनि गर्दछन् ।

topchinatravel.com ले आफ्नो साईटमा सगरमाथा नेपाल र चीन दुवैले साझा गर्ने भएतापनि यसको सर्वोच्च शिखर चीनमा पर्ने र सगरमाथा चीनकै भएको ठोकुवा गरेको छ ।

https://www.topchinatravel.com/mount-everest/the-location-of-mount-everest.htm

चीनद्धारा सगरमाथाको उचाईमा पनि विवाद

सर्वोच्च शिखर सगरमाथाकोे उच्चाई ८,८४८ मिटर रहेको विश्वले मानेको छ । तर यस उच्चाईलाई चीनले मान्दैन । चीनको अनुसार सगरमाथाको उच्चाई ८,८४४ मिटर मात्र हो र चीनले यसको व्यापक प्रचार गर्दै आएको छ । चीनको सुन्दरता र विशेषताहरुबारे विश्वभर प्रचारप्रसारका लागि खोलिएको वेवसाईट chinadiscovery.com ले सगरमाथाको उच्चाईं ८,८४४.४३ मात्र रहेको उल्लेख गरेको छ ।

नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै

नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन ।

ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरुसहित सगरमाथाको फेदीमा पुगेका छन् ।

नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अगाडी बढाइरहेका पनि छन् ।

यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले सन्देह पैदा गरेको छ ।

सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोराबाट मात्रै आरोहण अनुमति दिने गर्दछ । बाँकी मोहोराहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढ्दछन् । यहि उत्तरी मोहोरातर्फ आफ्नो भाग भएको दाबी गर्दै चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ । तर, के एउटा मोहोराबाट मात्रै सगरमाथाको उचाइ नाप्न सम्भव छ ? अवश्य छैन किनकि उचाइ नाप्न सबै मोहोराहरुकै प्रयोग हुनुपर्दछ ।

पूर्व, पश्चिम र दक्षिण मोहोरा नाप्नुपर्दा नेपाली भूमिको प्रयोग हुन्छ । अनि नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक पर्दैन?

यही मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास गरेको छ ।

सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र १९७५ मा गरेको सर्वेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्वेमा ८८४४.४३ मिटर उचाइ पत्ता लागेको उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त वक्तव्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा नाप्ने कुरा उल्लेख गरिएको थियो ।

यसको अर्थ नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने चाहिँ पटक्कै होइन । नापी विभागका एक उच्च अधिकृतले भने, ’नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक हुन्छ ।

नेपालको अनुमति वेगर नै सगरमाथामा हुवावे ५ जी

हुवावेले केही दिन पहिले आफुले संसारको सर्वोच्च शिखरमा ५ जी परीक्षण गरेको व्यापक प्रचार प्रसार गर्यो । सगरमाथा चीन र नेपाल दुवैको भएको सर्वविदित र यसलाई चीनले पनि मान्दै आएको छ ।

यस्तो अवस्था विश्वभर सुरक्षा जोखिम बढाउने भन्दै विवादमा रहेको हुवावेले सगरमाथामा एकतर्फी रुपमा ५जी विस्तार गर्न गरेको प्रयास गर्नु पनि उचित थिएन । तर उसले नेपाललाई सहभागी नै नगराई सगरमाथामा ५ जी परीक्षण गर्यो ।

उक्त परीक्षणमा अनुगमनका लागि भएपनि नेपालतर्फ प्रतिनिधि समावेश गर्नुपर्दथ्यो । आधुनिक टेक्कोनेलोजी राष्ट्रिय सुरक्षासम्वद्ध हुनेभएकोले पनि सगरमाथामा हुवावेको ५ जीले नेपालको राष्ट्रिय सुरक्षामा असर नगर्ला भनेर भन्न सकिन्न ।

https://www.huawei.com/en/press-events/news/2020/4/china-mobile-huawei-deliver-world-highest-5g

चिनियाँले मान्दैन सगरमाथालाई नै सर्वोच्च शिखर

चिनियाँहरुले सगरमाथाको उच्चाई कति छ भने कुरालाई मात्र विवादमा ल्याएको छैन । चिनियाँहरुले सगरमाथालाई विश्वको सवभन्दा अग्लो पहाड रहेको पनि स्वीकार गर्दैन । चिनियाँहरुले हावाईको माउण्ट केआलाई संसारको सबैभन्दा अग्लो पहाडको रुपमा प्रचार गरिरहेका छन् । chinahighlights.com को अनुसार विश्वको सबभन्दा अग्लो पहाड सगरमाथा नभई माउण्ट केआ हो जसको उचाई १०, २१० मिटर रहेको छ ।

https://www.chinahighlights.com/tibet/mt-everest/wow-facts-about-mt-everest.htm

नेपालतर्फ सगरमाथाको आरोहरण खतरनाक रहेको दुष्प्रचार

चिनियाँहरुले नेपालतर्फबाट सगरमाथाको आरोहण गर्नु खतरनाक रहेको पनि दुष्प्रचार समेत गर्दै आएको छ ।

उनीहरुले नेपालतर्फबाट भन्दा पनि चीनतर्र्फबाट सगरमाथाको आरोहण गर्नु सुरक्षित रहेको प्रचार गर्दै आएका छन् ।

त्यति मात्र होइन, उनीहरुले नेपालतर्फबाट आरोहरण गर्दा सगरमाथाबाट दश्यहरु राम्ररी देख्न नसकिने दुष्प्रचार समेत गर्दै आएका छन् । उनीहरुले विश्वभरिको आरोहीलाई चीनतर्फ तान्नका लागि नेपालविरुद्ध त्यस्तो दुष्प्रचार गर्दैआएका हुन् ।

tibet.htmlhttps://www.tibettravel.org/tibet-travel-advice/everest-nepal-tibet.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?