अफगानिस्तानका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

लोकपथ संवाददाता
0
Shares
Afghanistan’s Health Minister Ferozuddin Feroz gestures as he speaks during a press conference in Kabul on February 24, 2020. – Afghanistan has detected its first novel coronavirus case, the country’s health minister said on February 24, involving a patient who had recently travelled to Iran, where 12 people have died from the outbreak. (Photo by WAKIL KOHSAR / AFP)

काठमाडौं । अफगानिस्तानका स्वास्थ्यमन्त्री फिरोजुद्दिन फिरोजलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

परिक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको आफगानिस्तान सरकारले जनाएको छ ।

आफगानिस्तान सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक बयानमा शुक्रवार कोरोनाको पुष्टि भएको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अफगानिस्तानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ११५ जनाको मृत्यु भएको छ भने ४ हजार ३३ जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्यहाँ २५५ नयाँ संक्रमित थपिएका छन् भने आजै ६ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?